कञ्चनपुरमा ६८औ प्रहरी दिवस मनाईयाे, ७ प्रहरी सहित अन्य थुप्रै सम्मानीत

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रशाद भट्ट/कञ्चनपुर-  कञ्चनपुरमा ६८ औ प्रहरी दिवस दिवस मनाईएकाे छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित एक विशेष समाराेहका विच प्रहरी दिवस मनाईएकाे हाे ।

कार्यक्रमका प्रमख अतिथि प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले प्रहरी र जनताविच नङ र मासु जस्ताे सम्बन्ध रहेकाले हरेक पलमा आपसी समन्वय रहनु पर्ने धारणा व्यक्त गर्नु भयाे । उनले भने “समाजमा एक पटक प्रहरी नभए जनता सुरक्षित रहन नसक्ने भन्दै अपराध नियन्त्रणका सवालमा प्रहरीले खेलेकाे भुमिकाकाे उच्च प्रशंसा व्यक्त गर्दछ ।

`सिमित स्रोत र साधनका विचमा पनि कञ्चनपुर प्रहरीले सामाजमा जनताकाे जिउ,धनकाे सुक्षा देखिन शान्ति सुरक्षा र अमनचयनका साथै अपराध नियन्त्रणका पक्षामा उदाहरणिय काम गरेकाे बताउनु भयाे ।´

विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमेख दुर्गा दत्त बाेहराले प्रहरीले पछिल्लाे समयमा गरेकाे कार्यकाे सहृना व्यक्त गरे । उनले “कञ्चनपुर प्रहरीले जिल्लाकाे शान्ति सुरक्षा, लागू औषध नियन्त्रणर चाेरी तस्करी नियन्त्रणमा चलाएकाे एक्सनले कानुनी राज्यकाे प्रत्याभुति दिलाएकाे भन्दै कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाकाे उच्च प्रशंसा सहित दिवसकाे शुभकामना व्यक्त गरे ।”

कार्यरत सात प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सात प्रहरीलाई पुरस्कृत गरेको हो । आयोजित ६८ औँ प्रहरी दिवसको अवसमा उत्कृष्ठ काम गर्ने प्रहरीलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले कार्य क्षेत्रमा उत्कृष्ठ काम गर्ने अधिकृत, जुनियर अधिकृत सहितका प्रहरी कर्मचारीलाई सम्मान गरिएको बताए । प्रवक्ता डाँगीका अनुसार प्रहरी निरीक्षकद्वय हेमराज भट्ट, ईश्वर बहादुर थापा, प्रहरी सहायक निरीक्षकत्रय बिरेन्द्र सिह धानुक, महादेव पन्त, पर्वत सिह गुरु, प्रहरी हबल्दार पदम खडका, प्रहरी जवान महेश सिह बोहरालाई सम्मान एव पुरस्कार गरिएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख एसपि कमल थापाले जनताकाे शान्ति सुरक्षाका सवालमा प्रहरी सधै रहेकाे बताउनु भयाे । उहाँले “हरेक काल खण्डमा जनता संग प्रहरीले काम गर्नु पर्ने भएकाले सबैकाे साथ सहयाेगकाे पनि उत्तिकै खाचाे रहने बताउनु भयाे ।”

“म नेपाल प्रताप सुभूषणबाट सुभुसित भएकाेमा सबै प्रती हार्दिक नमन गर्दै प्रहरी संगठनमा आगामी दिनमा समेत थप जिम्मेवार भएर कार्य सम्पादन गर्न हाैसला प्रदान भएकाे छ, प्रहरी उपरिक्षक थापाले भने ।”

उनीहरुलाई दोसल्लाका साथै प्रमाण पत्र प्रदान नगद रकम दिए सम्मान गरिएको छ । प्रहरी निरीक्षक भट्ट ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती र अर्का निरीक्षक थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै कार्यरत रहेका छन ।

यसका साथै अमर प्रहरी सहितका विभिन्न संघ संस्था, उद्योगी व्यवसायीलाई समेत सम्मान गरिएको छ । सम्मानित एवं पुरस्कृत भएका प्रहरी कर्मचारीले संगठनले कामको मुल्याङकन गरेको भन्दै आगामी दिनमा थप काम गर्ने उर्जा थपिएको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उत्कृष्ठ काम गर्ने प्रहरी अधिकृत तथा कर्मचारीलाई काममा थप हौसल्ला प्रदानका लागि सम्मान गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *