मानव बेचबिखन बिरुद्ध माईती नेपाल कञ्चनपुरको एक्सन: भारतमा बेचिएका १४ महिलाको उद्दार

मुख्य खवर राजनीति विशेष समाचार

केशव थापा/कञ्चनपुर- मानव बेचबिखन बिरुद्धमा निर्मम एक्सनमा उत्रिएको माईती नेपाल कञ्चनपुरले फेरी बेचिएका नेपाली महिलाको उद्दार गरेको छ । मानव तस्कर समुहले रोजगारी दिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर भारतमा बेच्न लागेका बेचबिखनको जोखिममा परेका १४ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।

०२४मा माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा १४ नेपाली महिलाको भारतबाटै उद्दार गरेको हो । अघिल्लो बर्ष ०२३मा २५ जनाको उद्दार गरेको थियो । माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुसार उनीहरुलार्इू भारतका विभिन्न शहरबाट उद्दार गरी पुर्नस्थापना गरिएको छ । भारतको खटिमा, हरियाणा, शाहजहाँपुर, राजिस्थापन, मुम्बई, पिथौरागढ, सुरत, दिल्ली, पुना, देहरादुनबाट उद्दार गरेर पुर्नस्थापना गरिएको हो ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले समाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा आएका महिलालाई बेचबिखन गरेपछि माईती नेपालले उद्दार गरेको बताईन । ‘भारतबाट उद्दार गरिएका ५ जना कञ्चनपुरकै हुन, ‘उनले भनिन, ‘बेचबिखनको शिकारमा पनि कञ्चनपुरकै बढी महिला देखिएन ।’ माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले आफन्तबाटै रोजगारी दिने बहानामा बेचबिखन गर्दैै आएको बताईन ।

बेचिएका महिलालाई परिवारमा पुर्नमिलन गराईएको छ । माईती नेपाल कञ्चनपुरले गड्डाचौकी, दोधाराचाँदनी, चारलेन महाकाली पुल सहितका नाकाहरुमा बेचबिखन बिरुद्धमा समेतना गराउँदै आएको छ । १५ बर्षदेखि ४५बर्ष उमेर समुहका मानिस बेचबिखनको शिकार भईरहेका छन ।

१८ बर्षमुनीका १२५ अर्थात ४७ प्रतिशत र १८बर्ष भन्दा बढी ४५ बर्षमुनीका ५३ प्रतिशत मानिस बेचबिखन भईरहेको पाईन्छ । बेचबिखनका पनि अधिकाँस दलित समुदायकै महिला रहेको पाईएको छ । ३३ प्रतिशत दलित, १२ब्रम्हमण, २९ क्षेत्री, ६ ठकुरी, जनजाती १३ र अन्य ९ प्रतिशत रहेका छन ।

देशका ७ प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशका मानिस नै सबै भन्दा बढि बेचबिखनको शिकार बनेका छन । सुदूरका ८१.३४, कर्णाली ९, लुम्बिनी ७, गण्डकी २, बागमती ०.७४, कोसी २ र मधेश सुन्य रहेका छन । मानव बेचबिखन तथा ओसारपसार बिरुद्धमा सीमा नाकामा ३८ हजार मानिसलाई परामर्स दिईएको छ । माईती नेपालमा खोजबिनका लागि परेका १७६ निवेदन मध्ये ६०जना फेला परेका छन । ८ हजार ३८९सवारी साधन सीमा क्षेत्रमा चेकजाँच गरेर २९६ जनाको उद्दार गरिएको छ । सीमाबाटै सिधै परिवारमा २८जनालाई पुर्नमिलन, ३८ हजारलाई परामर्स, ३० हिन्सापीडितको उद्दार, ५७५लाई अनुशिक्षण, १३ हजारलाई सचेतना गरेर ४० हजार ३४३जनासंग प्रत्यक्ष सेवा प्रदान गरिएको छ । माईती नेपालले २वटा जबरजस्तीकरणी र १ मानव बेचबिखन बिरुद्धमा मुद्दा चलाएको छ ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला बर्षहरुमा मानव बेचबिखनको कञ्चनपुर ट्रान्जिट प्वाईट बनिरहेको बताईन । ‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’ मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।

मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन । गरिबी, बेरोजगारी, खुला सीम नाका मोबाईल फोन, समाजिक सञ्जालको दुरुपयोग, घरेलु हिन्सा, देखाखिकी, नक्कली कागजात प्रयोग, आफ्नै घरपरिवार, साथिभाई, सीमापार गराउन चिनजान एव जानेकै मान्छेको प्रयोगले मानव बेचबिखनका घटना नरोकिएको संयोजक भट्टले बताईन ।

संयोजक भट्टले मानव बेचबिखन रोकथामका लागि सीमावर्ती क्षेत्रमा सचेतनामुलक कार्यक्रम संचालन, किशोर,किशोरीलाई विद्यालय स्तरमा अनुशिक्षण, नेपाल भारत दुवै देशका सरोकारवालासंग छलफ गर्दैै सुरक्षात्मक समुदायका सचेतना, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन ।

माईती नेपालको मात्रै प्रयासले मानव बेचबिखन पुर्ण नरोकिने अन्य सरकारी गैर सरकारी निकायबाट समेत प्रयास हुनुपर्नेमा संयोजक भट्टले बताईन । माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका लागि गरिरहेका कामकाजको सरोकारवाला निकायले समेत प्रसंसा गरिहेका छन । माईती नेपाल कञ्चनपुरको कामप्रति नागरिक समेत हर्षित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *