कञ्चनपुर-सत्ता विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार कञ्चनपुर स्थित पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत दैजी क्षेत्रमा सरकारी सवारी साधन नियन्त्रणमा लिदै प्रहरीलाई बुझाउँदै गर्यो ।
यही सिलसिलामा रास्वपाले सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री एवं एमाले पोलिटब्युराे सदस्य राजेन्द्र सिंह रावल चढेको सुप प्रदेश ०१- ००१ झ ३१८ नम्बरको जिप रोकेको थियो ।
त्यही क्रममा सरकारी गाडि दुरूपयाेग राेक्ने एक व्यवसायी केशवराज पन्तसंग रावलको भनाभन भयो । रावलसंग दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दैजीका स्थानीय व्यवसायी समेत रहेका पन्तलाई शनिबार नियन्त्रणमा लिएर झण्डै चार घण्टा जिप्रका राखेर छाडि दियो ।
प्रहरीले बोलाएका बखत उपस्थिति हुने गरेर रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्टका जिम्मा लगाएर छाडिदियो । पुर्व मुख्यमन्त्री रावलको सचिवालयले रास्वपा नेता कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै प्रेस विज्ञप्ती नै जारी गरेर घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्यो । लगत्तै रास्वपा कञ्चनपुरले पनि सरकारी गाडी सुविधा नै नभएको र रावलमाथि दुव्र्यूवहार नभएको भन्दै प्रेस नोट जारी गर्यो ।
रास्वपा र रावल सचिवालयविच एक अर्का बिरुद्धमा वक्तव्य मार्फत आरोप प्रत्यारोप चल्यो । घटनाको तेस्रो दिन सोमबार फेरी प्रहरीले ४७ बर्षिया पन्तलाई स्थानीय प्रहरी मार्फत नियन्त्रणमा लियो ।
रास्वपा एवं दैजीका स्थानीय व्यवसायीहरुले प्रतिशोध साँधेको भन्दै प्रहरी र रावलप्रति आक्र्रोस पोखेका छन ।
घटनाका दिन प्रहरीले नियन्त्रणमा लिने, छाडने फेरी राजनैतिक दवावमा पक्राउ गरेर मानव अधिकार समेत हनन् गरेको भन्दै स्थानीय आक्र्रोसित भएका छन । नागरिकले नेतामाथि पोखेको आक्र्रोसलाई नै लिएर सत्ताको बलमा प्रहरीले नागरिकलाई घरीघरी पक्राउ गरेको भन्दै आक्राेश पोखिरहेका छन।
तर, रावल सचिवालयले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । प्रतिशोधमा पन्तलाई पक्राउ गरिएको भन्दै दैजी बजार व्यवस्थापन समितिले साेमबार ४:१५ देखि करिब एक घण्टा पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत दैजी क्षेत्रमा टायर बालेर साँकेतिक बिरोध गरेका छन ।
रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्टले घरीघरी पक्राउ गरेका पन्तलाई रिहाईको माग अघि सारेर केही बेर बन्द गरेको बताए । उनका अनुसार निःशर्त रिहा नगरे मंगलबारदेखि थप आन्दोलन चर्काईने बताए।
पक्राउकाे विराेधमा दैजीमा प्रदर्शन
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले पहिलो दिन पनि आवश्यक परेका बेला पन्त जीलाई हाजिरी हुने सर्तमा छाडिएको र थप घटना बारे अनुसन्धानका लागि बोलाएको बताए । प्रहरीबाट प्रतिशोध नभएको प्रवक्ता जोशीको दावि छ ।
शनिबार नियन्त्रण गरिएकाे पुर्वमुख्यमन्त्री रावल सवार गाडि
रावलमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका केशवराज पन्तले आफु रास्वपा मात्रै नभई कुनैपनि पार्टिकाे नेता कार्यकर्ता सदस्यता समेत नलिएको दावि गरेका छन ।
‘मेरो यो ४७ बर्षको उमेरमा मैले कुनैपनि पाटीको सदस्यता लिएको छैन, लिएको कसैले प्रमाण दिए म त्यही झुण्डिदिन्छु, ‘उनले भने, ‘यस अघि मन मिल्ने पार्टी र उम्मेदवारलाई भोट भने दिएको छु म एक व्यवसायी मात्रै हुँ मेरो दैजीमा यूके ईन्जिनियरिङ्ग कन्सलटेन्सी वर्कसप छ ।’
म जय शंकर सामुदायिक वनको सचिव पनि हु, सो दिन वनमा अनुगमन थियो, म अनुगमन गरेर पसलतिर फर्किदै थिए, त्यहाँ रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्ट, तेज सिह ठकुल्ला सहित थिए, उनीहरु व्यापारी पनि हुन, मैले रास्वपा पाटीको आन्दोलन भन्दा सरकारी सम्पत्ती दुरुपयोग हुन हुँदैन भन्ने मान्यता राखेर १५मिनेट अघि मात्रै उनीहरुको आन्दोलनमा सरिक भएको थिए, त्यही बेला पुर्वमुख्यमन्त्री रावलको गाडी पनि आयो, मैले रोकेकै हुँ, तर दुव्र्यवहार गरिन, सरकारी साधनको दुरुपयोग गर्न पाईन्छ भनेर सोधेर अब उत्रिएर जानुपर्छ, सक्छौ भने यहीबाट छिडेर जाँउ नभए आफ्नो निजी गाडी मगाएर जानु भनेको हुँ ।
पन्तले रावलसंग तपाईको बाबुको तागत छ भनेर निजी गाडी मगाएर जान भनेका थिए । ‘शनिबार एवं सार्वजनिक विदाका दिन सरकारी सवारी साधन चल्नु हुँदैन भन्ने मेरो मान्यता हो, त्यही भएर म पनि पसलमा फर्किने क्रममा आन्दोलनमा होमिएको थिए, ‘उनले भने, ‘रास्वपा पार्टीलाई साथ सर्मथन नभई सरकारी साधनको दुरुपयोग बिरुद्धमा मेरो ऐक्यबद्धता थियो, अब मलाई रास्वपा कार्यकर्ता भनेपनि नभनेपनि म कुनैपनि पार्टीमा छैन ।’