निजामती कर्मचारी संगठन कञ्चनपुरको अध्यक्षमा दाेहाेरिए मान बहादुर चन्द

मुख्य खवर राजनीति विशेष समाचार

महेन्द्रनगर-नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन: मान बहादुर चन्द निर्वाचित भएका छन् । सत्ताधारी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुन: मान बहादुर चन्द निर्वाचित भएका हुन् ।

शनिबार जिल्लाको दक्षिणी भेग लालझाडी गाउँपालिकामा भएको निजामती कर्मचारी संगठन कञ्चनपुरको १२औँ जिल्ला अधिवेशनबाट चन्द निर्विरोध दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

समितिको उपाध्यक्षमाद्वय दिनेशराज भट्ट र कमला जोशी, सचिवमा लाल बहादुर विष्ट, सह सचिव लोकराज पन्त चयन भएका छन् । भने, कोषाध्यक्षमा सन्तोष जोशी पनि दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा महेश खत्री, जीवन कुँवर, नरेन्द्रं चन्द, दिपेन्द्र बहादुर ओड, सुरेश पन्त, तुलसी बोगटी, राजेन्द्र खडायत, गोपाल भट्ट रहेका छन् ।

भने प्रदेश प्रतिनिधीमा लोकेन्द्रदेव भट्ट, शंकर बोगटी, महेश राज बडू, कृष्ण कार्की, महेश्वरी विष्टलाई चयन गरिएको समितिको निर्वाचन मण्डलले जनाएको छ ।

यस्तै केन्द्रीय प्रतिनिधी तर्फ मोहन ठगुन्ना, अर्जुन लावड, राधिका पन्त, मनिराम पाण्डेय रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री कर्ण बहादुर थापाले सरकार सफल र जनतालाई सेवा प्रदानका लागि निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताउदै नव गठित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको दोस्रो कार्यकालका लागि जिम्मेबारी पाएका अध्यक्ष चन्दले पेशागत कर्मचारीको हकहितका साथै संगठन बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा निजामती कर्मचारी सहित नेकपा एमाले केन्द्रीय सदस्य कमला बाेहरा, प्रतिनिधि सभा सदस्य तारालामा तामाङ, प्रदेश माननीय वीरबहादुर थापा, एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट एवम् स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले निजामती कर्मचारी संगठनकाे सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *