महेन्द्रनगर-भिमदत्त नगरपालिका भित्र सार्वजनिक जमिनमा बनेका अबैध संरचना हटाउने विषयमा स्थानिय सरकाले पक्षपाती व्यवहार गरेकाे भन्दै आपत्ती प्रकट गरिएकाे छ ।
भीमदत्त नगरपालिकाले नगर विकास समितिमा निर्माण गरिएका संरचना भत्काउने कार्य अन्यायपूर्वक गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्।
भिमदत्त नगरपालिकाकाे महेन्द्रनगर बजार स्थित मदन चाेकमा २२ वटा सटर विचाैलियाकाे कब्जामा रहेकाे भन्दै आठ राजनैतिक दलले घाेर आपत्ती जनाएका छन् ।
एडिविले सडक निर्माणका क्रममा भत्काईएका २२ सटर फेरी नगरपालिकाकाले साेहि ठाउमा मापदण्ड विपरित तिनै व्यक्तिका लागि पुन: निर्माण गरिदिने आश्वासन भएकाे भन्दै विचाैलियाकाे कब्जामा रहेका ती सटरलाई कुनैपनि हालतमा निर्माण गर्न नदिने भन्दै ८ राजनैतिक दलले एक विज्ञप्ति मार्फत आपत्ती जनाएका हुन ।
दलहरुले मदनचोकका २२ सटरका व्यवसायीलाई मदनचोकमा व्यवस्थापन गर्ने निर्णय गरी गुमहरामा राखेकोमा दलहरुले आपत्ति जनाएका छन् ।
भीमदत्त नगर विकास समिति आफैंले अवैध संरचना भत्काउने निर्णय गरेको महिनौसम्म कार्यान्वयन गर्न आनाकानी गरिएकोले तत्काल सुरु गर्न माग गरेका छन् ।
मदनचोकमा २२ सटर भत्काएको स्थानमा भवन सँहिता मापदण्ड अनुसार व्यवस्थापन गर्न सकिने नसकिने कुराको ख्याल नगरी भीमदत्तका मेयरले व्यवस्थापन गर्ने निर्णय गरी स्थानीय सरकारको औचित्यतामा प्रश्न चिन्ह लाग्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सत्तारुढ एमाले सहित ८ दलले भीमदत्त नगरपालिकाका व्यवसायिक सटरमा नक्कली सम्झौता देखाएर अवैध भाडा अशुली भई रहेको खुलासा गरेका छन् ।
ती दलले संयुक्त विज्ञप्ति जारी गरी नगरपालिकाका सटर वास्तविक व्यवसायीका नाममा नभएर अर्कै व्यक्तिले नक्कली सम्झौता देखाएर भाडा अशुली गरि रहेको खुलासा गरेका हुन् ।
८ राजनैतिक दलले जारी गरेकाे विज्ञप्तिमा सत्तारुढ एमाले सहित प्रतिपक्षी दलको भीमदत्त नगर कमिटीका पदाधिकारीले सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा एमाले नगर अध्यक्ष हिमाल चन्द, माओवादी केन्द्र नगर उपाध्यक्ष रमेश धामी तुफान, राष्ट्रिय स्वतन्त्र पार्टी नगर कार्य वाहक अध्यक्ष यज्ञराज जोशी, राप्रपाका नगर अध्यक्ष करन सिह पाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष मदन सेराला, नेकपा बहुमतका नगर इन्चार्ज रितिक र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मन्जु परियारले हस्ताक्षर गरेका छन् । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य अम्बादत्त तिवारीको पनि विज्ञप्तिमा हस्ताक्षर छ ।
विज्ञप्ति यस्ताे छ ।