रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँपालिकामा वडा दशै तथा शुभ-दिपावलीकाे अवसरमा खुला फुटवल प्रतियाेगिता २०८० हुने भएकाे छ । एकता युवा समाज बेलडाँडी-२ काे आयोजनामा यहि असाेज २८ गतेबाट बेलडाँडीकाे राैलेश्वर माविकाे खेल मैदानमा `खुला फुटबल प्रतियाेगिता २०८० सञ्चालन हुन लागेकाे आयोजकले जनाएकाे हाे ।
विगतका बर्षहरूझै वडा दशै तथा शुभ दिपावली अवसर पारी यस बर्षपनि फुटबल खेलकाे आयोजना गरिएकाे एकता युवा समाजका सदस्य महादेव उपाध्यायले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे । उनले भने “हामिले बेलडाँँडीकाे खेल क्षेत्रलाई समेत प्रबर्द्वन गर्ने उदेश्यले यसरी प्रतियाेगिताकाे आयोजना गरेका हाै ।”
प्रतियाेगितामा विजेता हुने टिमलाई १ लाख १ हजार १ सय ११ रूपयाँ, ट्रफि,मेडल र प्रमाण पत्र, उप-विजेता हुुने टिमलाई ५५ हजार ५ सय ५५ रूपयाँ सहित ट्रफि,मेडल र प्रमाण पत्र, र खेलका विभिन्न विधामा उत्कृष्ट स्थान ल्याउने खेलाडीलाई समेत पुरूस्कारकाे व्यवस्था गरिएकाे आयोजा एकता युवा समाजका सदस्य उपाध्यायले बताउनु भयाे ।
प्रतियाेगितामा सहभागिताका लागि यहि असाेज २२ देखि २७ गते दिउँसाे २ बजे सम्मकाे समय राखिएकाे उनले बताए । छिम दर्ता शुल्क ६ हजार ९ सय ९९ रूपयाँ राखिएकाे छ । खेफका लागि टाईम कार्ड समेत २७ गते बेलुका निकालिने छ ।
खेल प्रतियाेगिताकाे उद्वघाटन समाराेह २८ गते उपस्थितििका लागि सम्पुर्णमा आयाेजकले अनुराेध समेत गरेकाे छ ।