प्रधानमन्त्री प्रचण्डलाई बेलौरी नगरपालिकाको ज्ञापन पत्र,बेलौरी नाका विस्तारकाे माग

मुख्य खवर राजनीति विशेष समाचार

सितल भट्ट/कञ्चनपुर कञ्चनपुरको बेलौरी नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई बुझाएको छ । बिहीबार बेलौरी नगरका मेयर पोतिलाल चौधरीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन ।

माओवादी नेतृ समेत रहेकी पुर्व खानेपानीमन्त्री बिना मगर, बेलौरी नगरका मेयर पोतिलाल चौधरी सहितका जनप्रतिनिधीले प्रधानमन्त्री प्रचण्डलाई सिहदरबारमै भेटेर ज्ञापन पत्र बुझाएको छ ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बेलौरी नाका विस्तारको मुख्य माग सहित दक्षिणी क्षेत्रका विवित समस्या, सीमा समस्या सहितको विषय अघि सारेर ज्ञापन पत्र बुझाएको बताए । ‘हामीले मुख्य गरेर बेलौरी भन्सार नाका स्तरोन्नतीको माग अघि सारेर प्रधानमन्त्री प्रचण्ड ज्यूलाई ज्ञापन पत्र बुझाएका छौँ, ‘मेयर चौधरीले भने, ‘भन्सार सहित दक्षिणी क्षेत्रको सीमा समस्या, आरक्षपीडित सहितका विवित विषयमा स्मरण गराएका छौँ ।’

मेयर चौधरीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले यस विषयमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यस अघि पुर्वमन्त्री मगर नेतृत्वमा बेलौरी मेयर चौधरी सहितको टोलीले गृहमन्त्री, भौतिक, शहरी, खानेपानी, उर्जा सहितका विभिन्न मन्त्रालयमा क्षेत्र १को दिगो विकास र सम्बृद्धिका लागि ज्ञापन पत्र बुझाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *