कञ्चनपुर – आगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनबाट एमाले निकट अनेरास्ववियुबाट रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पमा सदस्यमा उम्मेदवारी दिएकी एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकी छिन ।
बेलडाँडी गाँउपालिका २बेलडाँडीमा रहेको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस स्ववियु सदस्यका लागि उम्मेदवारी दिएकी सरस्वती कुँवरले उम्मेदवारी फिर्ता लिएकी हुन ।
सोमबार कुँवरले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिदै उम्मेदवारी फिर्ता लिएकी हुन । अनेरास्ववियुबाट समानुपातिक सुचिकी उम्मेदवार कुँवरले उम्मेदवारी फिर्ताको विषयमा उक्त संगठनभित्र शंका उत्पन्न गराईदिएको छ ।
कुँवरले उम्मेदवारी फिर्तासंगै निर्वाचन अधिकृतको कार्यालयले समेत उम्मेवारी फिर्ता लिएको छ ।