रमेश प्रसाद भट्ट/कञ्चनपुर -बेलडाँडी गाउँपालिका कार्यालयले प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे छ । मंगलबार पालिकाकाे सभा कक्षमा बृहत् रूपमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे हाे ।
गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा उपाध्यक्ष शान्ति नाथ ५ वटै वडाका वडा अध्यक्ष र विभिन्न क्षेत्रका प्रमुख वा प्रतिनिधिकाे उलेख्य सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रममा पालिकाले गरेका सबै शाखागत कामकाे प्रगति कार्य विवरण सहित आम गाउँपालिका वासिलाई जानकारी गराउन कार्यक्रमकाे आयोजना गरिएकाे गाउँपालिकाका प्रबक्ता गज बहादुर विष्टले बताउनु भयाे ।
स्थानिय तह संञ्चालन ऐनले निर्दिष्ट गरे बमाेजिम बर्षमा ३ पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने प्रावधान भए अनुसार आयोजित कार्यक्रमले सुशासन, पार्दशिता र जवाफदेहिताका लागि कार्यक्रमले महत्त्वपुर्ण भुमिका खेलेकाे गाउपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताउनु भयाे ।
उहाँका अनुसार यस्ता कार्यक्रमले जनतालाई स्थानिय सरकारकाे राम्रो र नराम्रो कामकाे समीक्षा भई थप सुधार गरि अघि बढन निकै मद्वत पुग्ने बताउनु भयाे ।
कार्यक्रममा ५ वटै वडाका वडा ध्यक्षले आ-आफ्नो वडाको ४ महिना सम्म भए गरेका कार्य प्रगति विवरण सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरेका थिए ।
यस्तै गाउँपालिकाकाे सबै शाखागत प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले प्रस्तुत गर्नु भएकाे थियाे ।
सुनुवाई कार्यक्रममा छाडा चौपाया व्यवास्थापन, खेलमैदान, एम्वुलेन्स संचालन, अपाङ्गमैत्री प्रशासन, लागु औषध नियन्त्रणका सवालहरुका विषयमा थप सुधार गरिनु पर्ने धारण सहितका प्रश्न सहभागिहरूले उठान गरेका थिए ।
जवाफमा पालिका अध्यक्ष हरिचन्द्र रानाले भने “केहि दिन भित्रै अपाङ्ग मैत्री प्रशासन बनाउनका लागि लिफ्टमा आएको प्राविधिक समस्या समाधान गर्ने, एम्बुलेन्स संचालनमा आएको, खेलकुद समिति गठन गरी यहाँका खेलाडीहरुलाई प्राथामिकतामा राखेर काम गर्ने बताउनु भयाे ।
यस्तै उहाले कृषि क्षेत्रलाई सुधार गरि काम अघि बढाउने सवालमा थप काम गरिने बताउदै बेलडाँडीका किसान लागि कोल्ड स्टोर स्थापनाका लागि यसै अार्थिक बर्षमा सम्पन्न हेने गरि काम गरिरहेकाे बताउनु भयाे ।
यस्तै उहाँले “७२ विगाहा ग्रिन वेल्डकाे विषयमा अतिक्रमण भएको सरकारी जमिन खाली हुने र त्यहा आवश्कता अनुसार सरकारी कार्यलय राखिने बताए ।”
गाउपालिका उपाध्यक्ष शान्ति नाथले गाउपालिकाले विकास निर्माण र अनुगमनकाे सवालमा उलेख्य रूपमा कार्य गरिरहेकाे बताउदै सुधारपुर्ण ढंगले जनताकाे काम गर्ने बताउनु भयाे ।
उनले भने “हामी जनताका नाेकर हाै, हामिलाई बेला-बेलामा जनताकाे थप सकारात्मक सुझाव त्यतिकै रूपमा आवश्यक रहन्छ ।”
कार्यक्रम करिब ४ घण्टा जति चलेकाे थियाे । चार महिनामा पालिकाले गरेका काम र अन्य सुधार गर्ने पर्ने विषयमा उपस्थित सहभागिहरूले सवाल जवाफ गरेका थिए ।