रमेश प्रसाद भट्ट/कञ्चनपुर- यहि बैशाख ३० गते सम्पन्न हुने स्थानिय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यलय कञ्चनपुरले कर्मचारी खटन–पटनमा विभेद गरिएको भन्दै कर्मचारी संगठन कञ्चनपुरले आपत्ती जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको लिष्टमा कर्मचारी खटन पटनमा विभेद गरिएको भन्दै ध्यानाकर्षण पत्रद्धारा अपत्ती भएको जनाईएको हो ।
निर्वाचनमा कर्मचारी खटाउन यहि बैशाख २१ र २२ गते मुख्य अधिकृतको कार्यालयले संशोधित सुचीमा उल्लेख भए अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको अवमुल्यन, संघिय तथा प्रादेशिक कार्यालयहरुलाई प्राथमिकता, जानकारी विना संशोधित लिष्टमा कर्मचारीहरुको नामावली हेरफेर र पालिकाका कर्मचारीहरुलाई टाढा-टाढाका मतदान केन्द्रहरुमा खटाईएको विषयमा निजामती कर्मचारी संगठन कञ्चनपुरले आपत्ती जनाउदै संगठनको गम्भिर ध्यानाकर्षण भएको निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष मान बहादुर चन्दले बताउनु भयो ।
उनले भने “निर्वाचन स्वच्छ, निष्पक्ष, र पारदर्शि तवरले सम्पन्न पार्न हामि सबैको दायित्व भएको बताउदै कर्मचारीको जेष्ठता र समन्यायको सिद्धान्तलाई आत्मासात गदै सबै तहका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई खटन पटन गदाए विभेद रहित ढंगले कार्य गरिदिन हुन अनुरोध गदै मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको बताउनु भयो ।”
निर्वाचनमा खटिने मतदान अधिकृतको २३ र २४ गते तालिम महेन्द्रनगरमा शुरु भएको छ ।