रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाली काँग्रेस बेलडाँडी गाउँकार्य समितिले गठबन्धन नगरी एक्लै चुनाव लडने निर्णय गरेकाे छ ।
विहिवार काँग्रेस बेलडाँडी गाउँ कार्य समितिकाे बैठकले कुनै पनि पार्टीकाे बैशाखि टेक्न आवश्यक नरहेकाे भन्दै एक्लै चुवान लडने निर्णय गरेकाे हाे ।
विगत ५ बर्षमा कम्युनिस्ट सरकारबाट पिडित जनताकाे पक्षमा उभिएकाे काँग्रेसले शुसासन र विकासका पक्षमा उभिने दृढ संकल्प गर्दै आसन्न बैशाख ३० गतेकाे स्थानिय तहकाे निर्वाचनमा बेलडाँडी काँग्रेसले कसैकाे बैशाखि नटेकी एक्लै चुवान लडने निर्णय गरेकाे काँग्रेस बेलडाँडी गाउँकार्य समिति सचिव कुलैराज उपाध्यायले जानकारी दिनु भयाे ।
उनले भने “ काँग्रेसकाे चुनाव चिन्ह रूख बाहेक कुनै पनि पार्टीकाे चुनाव चिन्हमा भाेट नमाग्ने र बेलडाँडी काँग्रेस सिगाे एकताबद्व भई अघि बढने निर्णय गरेकाे बताए ।´´
यस्तै नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर-१ प्रदृश ख´ले पनि गठबन्धन आवश्यक नरहेकाे र प्रदेश
ख´ २ पालिकामा कुनै पनि हालतमा गठबन्धन नगरिने निर्णय भएकाे प्रदेश `ख´का सभापति चेतन कुमार राईद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जनाईएकाे छ ।
गठबन्धनका सवालमा जिल्लाका थुप्रै स्थानिय तहमा काँग्रेसले गठबन्धन नगर्ने निर्णय गरेकाे छ ।
पार्टीकाे केन्द्रीय समितिले गरेकाे आगामि निर्वाचनमा स्थानिय आवश्यकता अनुसार गठबन्धन गरि तालमेल गर्ने गरेकाे भए पनि तल्लाे तहमा गठबन्धन स्वविकार नगरिने निर्णय हुन थालेका छन् । ।