कञ्चनपुर – नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले बेलडाँडी गाउँपालिकाका एक जनप्रतिनिधिलाई मोसो दलेकाे छ ।
नेकपा कार्यकर्ताहरुले बिहीबार दिउसाे बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई कालाे मोसो दलेका हुन् ।
युवा संगठन नेपालले एक विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । वडा अध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही’ गरिएको विज्ञप्ति मार्फत दाबी गरेकाे छ ।
वडा अध्यक्षले वडा कार्यालय गाउँपालिकामा धेरै अनियमितता गरेकाे, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको, विभिन्न याेजनामा अनियमितता गरेकाे, उपभोक्ता समितिद्धारा आफु अनुकुल काम गरेको आरोप लगाइएको छ ।
यसैगरी, वडा अध्यक्षले गाउँपालिका कार्यालयको पछाडी रहेको एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, ग्राईभल फालेर सडकमा समेत आर्थिक अनियमितता गरेको युवा संगठन नेपाल कञ्चनपुरको आरोप छ ।
बिहीबार दिउँसो १ बजे ६\७ जनाको समुहले वडा अध्यक्षलाई कार्यालयमै कालोमसो लगाएको सूचना पाएको ईलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरक्षक रबिन्द्र कठायतले बताउनु भयाे ।
“७ जना मध्ये एक जनाकाे पहिचान भएकाे र तिनिहरू बेलडाँडीका नभएकाले पक्राउ गर्न गाह्रो छ, प्रहरी निरिक्षक कठायतले बताए ।” उनिहरू सबैकाे खाेजि कार्य भईरहेकाे उनकाे भनाई रहेकाे छ ।