दुई जिल्लाका महिला जनप्रतिनिधीलाई कञ्चनपुरमा ४ दिने उधमशिलता तालिम,, ४० जनाले लिए तालिम

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – कञ्चनपुरमा मानव अधिकारको लागि (WHR परियाेजना) एकल महिला समुहको आयोजनामा दुई जिल्लाका जनप्रतिनिधीहरुले ४ दिने उधमशिलता तालिम लिएका छन् ।

यहि भदौ २८ देखि कञ्चनपुरकाे हाेटल ओपेरामा सञ्चालन भएकाे नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता कार्यक्रमले कञ्चनपुर र डोटीका ४० जना महिला जनप्रतिनिधी, एकल महिला, दलित महिलाहरुको सहभागितामा ४ दिन सम्म सञ्चालन भएकाे उक्त तालिम विहिबार सम्पन्न भएकाे हाे ।

एकल महिला समुहक कञ्चनपुरका अध्यक्ष जानकि जाेशिकाे सभाध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार अायाेगका सदस्य एवं WHR परियाेजाका केन्द्रीय कार्यालयका संस्थापक अध्यक्ष माननीय लिलि थापा रहेका थिए । भने बिशिष्ट अतिथिमा उप-सचिव मन्जु खतिउडा रहेेका थिए ।

कञ्चनपुरको  बेलडाँडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिका तथा डोटीको पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाबाट सहभागीहरु आएको नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक बिरबहादुर नेपालीले जानकारी दिनु भयाे ।

निर्वाचित महिला जनप्रतिनिधी, दलित महिला, एकल महिला, अपाड्डगता महिलाहरुलाई उधमशिलतामा जाेड दिई अर्थिक सामाजिक र राजनितिक क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने र राजनितिमा निरन्तरता दिनको लागि उनिहरुको उधमशिलतालाई अभिवृद्धि गर्ने र परिवारका अन्य सदस्यलाई व्यापार व्यावसायमा संलग्न गराउने कार्य गरि रहेको नेपालमा सिमान्कृत महिलाको आवाज र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक नेपालीले जानकारी दिए ।

पछिल्लो समय राजनितीमा चुनाव लडन बढि खर्चिलाे हुँदै जाँदा महिलाहरु त्यसको पहुचमा पुग्न नसक्ने भएकाले आफुले व्यावसाय संचालन गर्ने र आर्थिक रुपमा सबल भयो भने, राजनितीक क्षेत्रमा पनि सबल हुन्छन् भन्ने मुख्य उधेश्य रहेको उनले बताए ।

महिलाहरूलाई आर्थिक शसक्तिकरणको लागि व्यवसायमा क्रियाशिल बनाउने वातावरणको निर्माण गरिने, अािर्थक शसक्तिकरणको लागि आय आर्जनका क्रियाकलापमा संलग्न गराउने, जसको लागि समुहमा बचत ऋण परिचालन गर्ने तथा व्यावसाय गर्नका लागि अनुदान रकम दिने योजना पनि WHR काे रहेको उनले बताए ।

नयां सम्बैधानिक कानुन अनुसार स्थानीय सरकारका निति नियमहरु केके हुन् जनप्रतिनिधीको भुमिका राष्ट्रिय कानुन के- के हुन भन्ने क्षेत्रमा पनि काम गरिरहेको उनले बताए ।

उक्त तालिममा सहभागि जनाएका सबै महिलाहरुले आफनो क्षेत्रमा गएर आफुले गर्ने व्यावसायको परिकल्पना निर्माण गरि आफनो क्षेत्रमा व्यासाय गर्ने प्रस्ताव पनि निर्माण गरेको उनले बताए ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि थापाले महिलाले रहेक सवालमा दक्ष हुनु पर्ने भन्दै त्यसका लागि सर्वप्रथम अात्मनिर्भर हुन अावश्क रहेकाे बताउनु भएकाे छ । महिलाले राजनीतिक नेतृत्वका लागि माात्र नभई हरेक क्षेत्रमा बलियाे हुनका लागि व्यवसायिक क्षेत्रलाई अगालि अार्थिक रूपमा सबल हुनु पर्न धारणा व्यक्त गरे ।

तालिममा सहभागि बेलडाँडी गाउपालिकाकि उपाध्यक्ष कमला देवि कार्किले भने `हामिलाई यस्ता क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमले निकै टेवा पुगेकाे भन्दै अाफुले पनि राजनिति संगै व्यवसाय गरिरहेकाे र अागामि दिनमा अझ राम्रो संग अार्थिक रूपमा सबल हुने व्यवसायमा जाेड दिने बताए ।´ उनले भने “मैले कुखुरा पालन व्यवसाय गरिरहेकाे तर व्यवसायलाई थप प्रबर्द्वन गर्न अनुदानका कार्यक्रम पनि उचित व्यवसायले पाउनु पर्छ तर वास्तविक व्यवसायिले पाउनु भन्दा पनि अनुदान अर्केले पाउनाले सरकारकाे अनुदान प्रभावकारी नदेखिएकाे बताए ।”

यस्तै डाेटिकाे पूर्विचौकी गाउँपालिकाकी कार्यपालिका सदस्य स्मृती चुनारा विकले ४ दिने तालिम उपलब्धी मुलक रहेको बताईन् तालिमले राजनिती क्षेत्रमा आउनको लागि आर्थिक अवस्था पनि बलियो हुनु पर्ने भएकाले व्यावसाय पनि गर्नु पर्ने सिकाएको उनले बताईन् ।

महिला जनप्रतिनिधी हुँदा चुनौती पनि धेरै रहेको थियो, तर ति चुनौतीहरुलाई पार गर्दै, दलित महिलाका आफनै समस्या तथा चुनौती रहेका थिए, ति चुनौतीलाई चिर्दै आफनो लागि आफैले शसक्त हुनुपर्दछ भन्ने मानसिकता बोकी र संस्थाको कार्यक्रमले पनि आफ्नाे हौसला बढाएकोले अहिले यो स्थानमा पुगेको उनले बताईन् ।

कार्यक्रमबाट महिलाहरूलाई शसक्तिकरणमा WHR कार्यक्रमले उल्लेख कार्य गर्दै अाएले धेरै कुरामा अाफुहरूले ज्ञान लिन मिलेकाे र अब अार्थिक रूपमा बलियाे बन्न राजनिति संगै व्यवसायमा जाेड दिने उत्पेरणा मलिलेकाे अधिकाशं तालिममा सहभागिहरूकाे भनाई रहेकाे थियाे । चार दिन सम्म चलेकाे समापन कार्यक्रमकाे सञचालन भने WHR कञ्चनपुरका सचिव रमा पन्तले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *