रमेश प्रसाद भट्ट/बेलडाँडी – बेलडाँडी गाउँपालिका वडा नम्बर- २ मा रहेकाे क्वारेन्टाइनमा बसेका सबैलाई १४ दिनपछि घर पठाईएकाे छ । आईतबार राैलेश्वर आदर्श जनता बहुमुखि क्याम्सपमा रहेकाे क्वारेन्टाइनमा बसेका सबैलाई घर पठाईएकाे हाे ।
भारतबाट चैत्र १६ गते अाएका १० जना पुरूष र २ जना महिलालाई चाैध दिनकाे बसाई पछि उनिहरूकाे र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पछि घर पाठाईएकाे बेलडाँडी गाउपालिकाका स्वास्थ्य संयाेजक माधवानन्द भट्टले कञ्चनपुर खबरलाई बताउनु भयाे ।
विश्वव्यापि रूपमा फैलिरहेकाे काेराेना भाईरसकाे राेकथाम तथा नियन्त्रणकामा सावधानिका लागि भारतबाट अाएका १२ जनालाई १४ दिन देखि क्वारेन्टाइनमा राखिएका थिए ।
ती सबैकाे र्यापिड टेष्ट गर्दा काेराेनाकाे कुनै पनि लक्षण नदेखिएकाले घर पठाईएकाे अध्यक्ष धन बहादुर थापा क्षेत्रीले बताउनु भयाे । उनले भने “घर गएपछि साबधानिका साथ हाेम क्वारेन्टाइनमा बस्न अनुराेध समेत अनुराध गरेका छाै ।” यस पछि कुनै अाफुलाई स्वास्थ समस्या अाएमा नजिककाे स्वास्थ संस्थामा सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नु भएकाे छ ।