बेलडाँडी गाउपालिकाको विपद् कोषमा २ लाख ३० हजार भन्दा बढी आर्थिक सहयोग

विशेष

रमेश प्रसाद भट्ट/ बेलडाँडी – बेलडाँडी गाउपालिकाले विपद् जोखिम रोकथाम तथा नियन्त्रणका लागि खोलेको कोषमा २ लाख ३० हजार भन्दा बढी आर्थिक सहयोग भएको छ । गाउँ पालिकाले आईतबार सार्वजनिक गरेको सुचनामा विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाबाट चैत्र ३० गते सम्म २ लाख ३० हजार भन्दा बढी रकम आर्थिक सहयोग भएका जनाएको हो ।

सुचनामा जनाए अनुसार हाल सम्म २ लाख ३४ हजार ३ सय २५ रुपयाँ आर्थिक सहयोग भएको बेलडाँडी गाउपालिकाले जनाएको छ । साथै अन्य जेन्सी समान जस्तै खाध्यान्न समाग्री, स्वास्थ्य सामाग्री लगायत समेत सहयोग प्राप्त भएको आईतबार प्रकाशित सुचना मार्फत गाउपालिकाले जनाएको हो ।  गाउँपालिकालाई विभिन्न क्षेत्रबाट दिन प्रतिदनि सहयोग गर्नेक्रम जारी रहेको गाउपालिकाले जनाएको छ ।

हाल सम्म बेलडाँडी गाउपालिकालाई सहयोग गर्नेहरुको नाम सहित पुरा विवरण हेर्नुहास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *