सुदूरपश्चिम प्रदेश सरकारले चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड–१९ कोरोना भाइरसको रोकथाम तथा पूर्वतयारी थालेको छ। बुधबार समाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको अयाृजना गरि उक्त भाइरसको रोकथाम तथा पूर्व तयारीको लागी तीनवटा निर्णय गरेको जानकारी गराएको छ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा पुर्व तयारीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामग्री तथा अन्य आवश्यक सामग्री प्रदेश आपूर्ति स्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएको छ। त्यस्तै प्रदेशभरी रहेका सम्पुर्ण सरकारी, गैरसरकारी संस्था तथा अस्पतालहरुलाई पूर्वतयारी गर्न र सम्बन्धीत व्यवस्थापन गर्न अनुरोध गरेको मन्त्रालयका निमित्त प्रदेश सचिव झंकर बोहराले जानकारी दिए।
त्यस्तै कोरोना भाइरसका रोकथाम गर्न प्रयोग हुने मास्क, सेनिटाइजर, ग्लबस् तथा औषधि लगायतका सामग्रीहरुको नियमित आपूत्र्ति व्यवस्थापनका लागि बजार अनुगमन गर्न सम्पूर्ण जिल्ला प्रशासनलाई पत्राचार गरिएको बोहोराले जानकारी दिए।
त्यस्तै सुरक्षा निकाय, शिक्षण संस्थाहरुले कोरोना भाईरसको प्रतिरक्षा कार्यका लागि सामाजिक मन्त्रालयबाट तयार गरेको जनचेतनामुलक सूचना र सोको कार्यान्वयनका लागि लेखी पठाउने, कोरोना भाईरसको प्रतिरक्षाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिलाई आन्तरीक तथा कानुन मन्त्रालयले पत्राचार गर्नै लगायतका कार्यहरु सामाजिक विकास मन्त्रालयले अगाडि बढाएको छ।
साथै मन्त्रालयले भाइसरस निर्मुल नहुञ्जेलसम्म ठुला समारोह, महोत्सव, मेला तथा बढी भिडभाड हुने कार्यक्रम आयोजना नगर्न सबैमा अनुरोध समेत गरेको छ। सय डिग्री फरेनाहाइड भन्दा माथि ज्वरो आएमा, अन्य क्षेत्रबाट आएको व्यक्तिमा लक्षणहरु देखिन गएमा तुरुन्त चिकित्सकको सल्लाह लिन आग्रह गरेको छ।
मन्त्रालयले जंगली तथा घरेलु पशुपन्छी हरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहन, पशुजन्य मासु, अण्डा राम्रोसँग पोकेको मात्र खान, खोक्दा र हाछ्यु गर्दा नाक, मुख छोपी सर्तकता अपनाउन सबैमा अपिल गरेको छ।