कञ्चनपुरमा एक युवककाे हत्या
महेन्द्रनगर– कञ्चनपुरमा विवाह समारोहमा गएका एक युवकको हत्या भएको छ। पुनर्वास नगरपालिका–५, भानुबस्तीका १८ वर्षीय उज्जल सायरको हत्या भएको हो। प्रहरीका अनुसार गएराति विवाह कार्यक्रममा सहभागी भएका युवाहरूबीच सामान्य विवाद चर्किँदै जाँदा अर्को समूहका युवाले सायरमाथि धारिलो हतियार प्रहार गरेका थिए। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घटनामा संलग्न रहेको आशंकामा […]

